
काठमाडौँ ।
आज मंगलबार राष्ट्रिय सभाकाे बैठक बस्दै छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक भएको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ। त्यसैगरी, राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले ‘सातै प्रदेश स्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभामा टेबुल गर्ने सम्भावना छ।
आजकै दिन पाँच वटा संसदीय समितिको बैठक पनि बस्नेछ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण हुने र त्यसबारे छलफल गरिने कार्यक्रम छ।
उद्योग, वाणिज्य तथा श्रम समिति बैठकमा ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ सम्बन्धी विषय विज्ञको प्रस्तुतिपछि छलफल हुनेछ भने विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ दफावार छलफल गर्ने कार्यसूची तय गरेको छ।
प्रतिक्रिया दिनुहोस्