२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै


858
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । उनी शांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन चीन जान लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । सम्मेलन ३१ अगष्टदेखि १ सेप्टेम्बरसम्म बेइजिङमा आयोजना हुँदैछ ।

सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले उदघाटन गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका अन्य देशका सरकार तथा राष्ट्र प्रमुख पनि सो सम्मेलनमा सहभागी हुँदैछन् ।

शांघाई सहयोग संगठन (एससीओ)मा १० देशहरु सदस्य छन् । क्षेत्रीय स्थिरतालाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २००१ मा यसको स्थापना भएको थियो । यसअघि सो सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेबारे परामर्श भइरहेको थियो ।

राष्ट्रपति नजाने भएपछि प्रधानमन्त्री जाने तयारी भएको हो । प्रधानमन्त्रीले यसअघि गत वर्ष प्रधानमन्त्री भएपछि पहिलो भ्रमण चीनबाटै गरेका थिए । एक वर्षको बीचमा यो दोस्रो भ्रमण हुनेछ । विश्व दुई ध्रुवमा विभाजित भइरहेका बेला यस पटक चीनको यो सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।