२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


युक्रेन युद्धविरामका लागि पुटिन सहमतिमा नआए रुसले गम्भीर परिणाम भोग्नुपर्छ: राष्ट्रपति ट्रम्प


1.3k
Shares

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहमत नभए रूसले गम्भीर परिणाम ब्यहोर्नुपर्ने चेतावनी दिनुभएको छ ।

हिजो युरोपेली नेताहरुसँग भर्चुअल बैठक गर्दै ट्रम्पले पुटिनलाई शान्तिका लागि सहमत गराउन सफल हुनेमा आफू विश्वस्त भएको पनि बताउनुभयो । यद्यपि त्यसो हुन नसके रूसले गम्भीर परिणाम भोग्नुपर्ने उहाँको चेतावनी थियो । त्यो गम्भीर परिणाम कस्तो हुन्छ भन्नेमा ट्रम्पले प्रतिक्रिया दिनुभएन ।

ट्रम्प र पुटिनबीच भोलि अलास्कामा शिखर वार्ता हुँदैछ । पुटिनसँगको वार्ता सफल भए तत्कालै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित त्रिपक्षीय वार्ता हुने पनि ट्रम्पले जानकारी दिनुभयो ।

यसैबिच, ट्रम्प र पुटिनबिचको शिखर वार्ता अलास्काको एउटा सैन्य अखडामा हुने भएको छ । एङ्कोरेजमा रहेको उक्त सैन्य आधार शिविर शितयुद्धको बेलामा तत्कालिन सोभियत संघमाथि निगरानीको लागि प्रयोग हुने गर्दथ्यो ।