
काठमाडौं ।
बेलायत, फ्रान्स र जर्मनीले इरानमाथिको पुरानो प्रतिबन्धहरु ब्युँताउने चेतावनी दिएका छन् ।
यी तीन देशले संयुक्त राष्ट्रसंघलाई बताए अनुसार यदि अगस्टको अन्त्यसम्ममा इरानले आणविक वार्ता फेरी सुरु गरेन भने पुराना प्रतिबन्धहरु कडाइका साथ पालना गरिनेछ ।
युरोपका शक्तिशाली तीन देशहरू बेलायत, फ्रान्स र जर्मनीलाई ‘इ–थ्रि’ भनेर चिनिन्छ । ‘इ–थ्रि’ ले आणविक वार्ताको समयसिमा बढाएर अगस्टको अन्त्यसम्म पुयाउन प्रस्ताव गरे पनि इरानले जवाफ दिएको छैन ।
गत महिना टर्कीको इस्तानबुलमा इरानी प्रतिनिधिमण्डलसँग वार्ता गरेपछि ‘इ–थ्रि’ को पत्र आएको हो । संयुक्त राष्ट्रसंघ र यसका प्रमुख एन्टोनियो गुटेरेसलाई लेखेको पत्रमा फ्रान्स, बेलायत र जर्मनीका विदेश मन्त्रीले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्