
मुगुको छायाँनाथ रारा नगरपालिकामा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ। मेयर विष्णुकुमार भामले बजेट सभामा एजेण्डामाथि छलफल नगरेकाे आरोप लगाउँदै वडा अध्यक्षले अनिश्चितकालका लागि नगरपालिकामा तालाबन्दी गर्नुभएकाे हाे।
१४ वडाका अध्यक्षमध्ये ३ जना जिल्ला बाहिर भएकाले ११ जना वडा अध्यक्षले मेयर भामले स्थानीय सरकार सभा सञ्चालन कार्यविधि विपरीत एजेन्डा प्रस्तुत र छलफल नगराएको भन्दै अनिश्चितकालका लागि नगरपालिका तालाबन्दी गरिएको वडा अध्यक्षहरुले जनाकारी दिनुभएकाे छ ।
नगरपालिकाबाट अन्य पालिकामा सरुवा भएर जाने वडा सचिवहरूलाई मिलोमोतोमा रमानपत्र दिएकाले सामाजिक सुरक्षा भत्ता र वडाको दैनिक कामकाजमा ठप्प भएकाले तालाबन्दी गर्नुपरेको उक्त नगरपालिकाका वडा अध्यक्षहरुले जानकारी दिनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्