
म्याग्दी ।
म्याग्दीमा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएकाे छ भने तीन जना घाइते भएका छन् ।
दुर्घटनामा मालिका गाउँपालिका–५ की ४३ वर्षीया छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।
दुर्घटनामा गाडीका चालक मालिका–५ का ४० वर्षीय चन्द्र पुन, १४ वर्षीया सिर्जना घर्ती र ७३ वर्षीय भविराज फगामी घाइते भएका छन् ।
दरवाङबाट रुन्मातर्फ जाँदै गरेको मालिका गाउँपालिका–५ रुन्मामा बुधबार दिउँसो ग २ च ४३९२ नम्बरको बोलेरो दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गाडी अनियन्त्रित भई सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटना भएको हाे । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्