
काठमाडौं ।
अखिल नेपाल फुटवल संघ (एन्फा) को आयोजनामा महिला लिग छनोट आजदेखि सुरु हुने भएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्स र च्यासल रंगशालामा हुने लिगमा १४ टोली सहभागी हुने र कुल ४३ खेल हुनेछन् । एन्फाका प्रवक्ता सुरेश शाहले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिने र राउन्ड रोबिन लिगका आधारमा खेल हुने जानकारी दिनुभयो ।
समूहका शीर्ष दुई टोली महिला लिगका लागि छनोट हुनेछन् । छनोटमा न्युरोड टिम (एनआरटी), स्टुडेन्ट फुटबल क्लब, सिन्धुपाल्चोक एफसी, आरएस रिसोर्ट एन्ड बीच, राप्ती फुटबल क्लब, एनबिएम पोखरा गल्र्स एफसी, नेपाल खेलकुद क्लब सहभागी हुदैछन् ।
यस्तै लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर, झापा एफसी, एफसी रयाले, ब्वाइज युनाइटेड, छहारी युवा क्लब, बुटवल लुम्बिनी एफसी र संकटा क्लबले पनि छनोटमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता सन्चालनमा झन्डै ९० लाख रुपैयाँ खर्च हुने एन्फाको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्