
काठमाडौं ।
एन्जलस हार्ट नेसनल स्कुलको आयोजनामा जुनियर क्रिकेट लिग भदौ ३ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा अधिकतम १६ टिमको सहभागिता रहने आयोजक स्कुलका प्रिन्सिपल टकबहादुर थापाले जनाएका छन् ।
कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा सहभागी हुन पाउने आयोजक स्कुलका खेलकुद विभाग प्रमुख सुमन तिमिल्सिनाले जानकारी गराए ।
एन्जलस स्पोर्ट्स क्रिकेट एकेडेमीको व्यवस्थापनमा हुने प्रतियोगिताका खेल मनमैजुस्थित एन्जलस स्पोर्ट्स एकेडेमीमा खेलाइने प्रतियोगिता संयोजक कुशल खड्काले जनाएका छन् । खेल लिग कम नकआउट आधारमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्