२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


ब्राजिलकाे एक कारखानामा विस्फोट हुँदा ९ जनाको मृत्यु, ७ जना घाइते


182
Shares

एजेन्सी ।
ब्रजिलमा विस्फोटक पर्दाथ उत्पादन गर्ने कारखानामा विस्फोट हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ, भने सात जना घइते भएकाे छन् ।

दक्षिणी ब्राजिलमा रहेको कारखानामा भएको विस्फोटमा परि ६ जना पुरुष र तीन जना महिलासहित नौ जनाको मृत्यु भएको हो ।

विस्फोटमा परि ७ जना गम्भीर घाइते भएका छन् । प्रान्तीय राजधानी कुरिटिबामा रहेको कराखानमा भएको विस्फोटबाट एक किलोमिटर परसम्मका भवनहरूमा क्षति पुगेको अन्तर्राष्टिय संचारमाध्यमहरुले जनाएका छन् । घटना के कारणले भएको हो भन्ने खुल्न नसकेको र अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन् ।

घटनालगतै स्थानिय सार्वजनिक सुरक्षा राज्यमन्त्री, कर्नल हडसन लियोन्सियो टेक्सेराले पत्रकारहरूसंग विस्फोटमा परेका कारखानामा रहेका नौ जनाको मृत्यु भएको र भग्नावशेषबाट अन्य सात जना घाइतेलाई उद्धार गरी उपचारका लागि लगिएको जानकारी दिनुभयो ।