
नेपाल राष्ट्र बैंकले आज बिहीबार का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घट्को छ।
तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको मूल्य भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४० रुपैयाँ २१ पैसा छ। बुधबार अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४० रुपैयाँ ६५ पैसा थियो।
त्यसैगरि आज बिहीबार युरो एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा छ। हिजो युरो एकको खरिददर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६३ रुपैयाँ २३ पैसा थियो। त्यस्तै आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९० रुपैयाँ ३० पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा थियो।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८६ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा थियो। त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ र बिक्रीदर ४५८ रुपैयाँ ९७ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४६० रुपैयाँ ०५ पैसा थियो।
उक्त विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्