२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


डिशहोम र सिद्धार्थ होस्पिटालिटीबीच सम्झौता


0
Shares

काठमाडौं ।

डिशहोमले भर्चुअल प्रिभिलेज कार्डमार्फत् विशेष लाभ प्रदान गर्न सिद्धार्थ होस्पिटालिटीबीच सम्झौता गरेको छ ।

डिशहोमले नेपालका प्रमुख होस्पिटालिटी समूहमध्येको एक सिद्धार्थ होस्पिटालिटीसँग आधिकारिक सम्झौतामा हस्ताक्षर गरेको हाे ।

डिशहोम सक्रिय ग्राहकलाई (myDishHome) एपमा भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष लाभ प्रदान गर्नेछ। यस साझेदारीमार्फत, डिशहोम ग्राहकहरूले सिद्धार्थ होस्पिटालिटीको व्यापक होटल, रिसोर्ट, कुटी, रेस्टुरेन्ट, र क्याफेहरूको नेटवर्कमा आवासमा २०% छुट र खाद्य र पेयमा १०% छुट पाउने छन् ।

सिद्धार्थ हस्पिटालिटी नेपालको प्रतिष्ठित हस्पिटालिटी ब्रान्ड हो, र यस साझेदारीमार्फत हामीले हाम्रो ग्राहकलाई उत्कृष्ट आतिथ्य अनुभवसँगै विशेष सुविधा प्रदान गर्न पाउनेछौं’, डिशहोमका सिइओ तारा मानन्धरले जानकारी दिइन् ।

डिशहोम भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुटहरू

१. सिद्धार्थ होटल न्यू आनन्द, महेन्द्रनगर
२ सिद्धार्थ होटल, टिकापुर, कैलाली
३. सिद्धार्थ होटल, नेपालगञ्ज
४. सिद्धार्थ कटेज एण्ड होटल, बुटवल
५. सिद्धार्थ होटल वाटर टावर, नुवाकोट
६. सिद्धार्थ होटल ग्राण्ड सिटी, बिर्तामोड
७. सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाडौं
८. सिद्धार्थ सनी रिसोर्ट, सुर्खेत
९. सिद्धार्थ रिसोर्ट, चिसापानी, कैलाली
१०. सिद्धार्थ होटल, नारायणगढ
११. सिद्धार्थ विलासा, भैरहवा
१२. सिद्धार्थ विलासा बनवास, सौराहा, चितवन
१३. सिद्धार्थ वाइल्डलाइफ रिट्रिट, मेघौली, चितवन
१४. सिद्धार्थ होटल, दमौली
१५. सिद्धार्थ रिभरसाइड रिसोर्ट, चुम्लिङटार, चितवन
१६. सिद्धार्थ कटेज रेस्टुरेन्ट, नेपालगञ्ज
१७. सिद्धार्थ कटेज रेस्टुरेन्ट, धोबीघाट
१८. सिद्धार्थ कटेज रेस्टुरेन्ट, पुरानो बानेश्वर
१९. सिद्धार्थ कटेज रेस्टुरेन्ट, टिंकुने
२०. एस क्याफे, लगनखेल
२१. सिद्धार्थ कटेज योगिकुटी, बुटवल
२२. सिद्धार्थ कटेज, धनगढी
२२. होटल सिद्धार्थ, सुन्धारा
२३. एस क्याफे, सुविधा नगर, टिंकुने, काठमाडौँ