Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई सरकारले ५ लाख दिने


195
Shares

काठमाडौँ ।

भारतमा आयोजित म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका नेपाली फाइटर रविन्द्र ढाँटलाई सरकारले प्रोत्साहनस्वरूप ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रविन्द्र ढाँटलाई बधाई दिंदै मन्त्रिपरिषदको बैठकबाट उक्त निर्णय पारित भएको जानकारी दिएका हुन्। बैठकले ढाँटका प्रशिक्षकलाई समेत २ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।

ढाँटले फाइट नाइटमा भारतीय प्रतिस्पर्धीलाई हराउँदै उपाधि जितेका थिए। यो जितसँगै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली खेलाडीको क्षमता पुनः प्रमाणित भएको भन्दै सरकारले उनलाई सम्मान गर्ने निर्णय लिएको हो।