२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची


351
Shares

काठमाडौं ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको छ । बैठकमा सांसदहरूले सोध्ने प्रश्नमा मन्त्रीहरूले जबाफ दिने कार्यसूची छ।

आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।