२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


तारकेश्‍वरबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ


0
Shares

काठमाडौं ।

तारकेश्‍वरमा जुवातास खेलिरहेको अवस्थामा प्ररहीले पाँच जना पक्राउ गरेकाे छ ।

तारकेश्‍वर नगरपालिका-२ स्थित ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने नुवाकोट ताडी गाउँपालिका१ घर भएका ३२ वर्षीय विशाल तामाङ समेत पाँच जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार २ सय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।