Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


पारिवारिक खेतीलाई दिगो पेशा बनाउन ठोस कदम चाल्नुपर्छ : मन्त्री अधिकारी (भिडियाे)


156
Shares

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई जीवनयापनको साधनमात्र नभइ सम्मानजनक, नाफामुलक र दिगो पेशा बनाउन ठोस कदम चाल्नुपर्ने बताए ।

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जलवायु स्मार्ट कृषि प्रविधि र बीउबिजन, अनुसन्धानमा लगानी, कृषक उद्योग बजार, एकीकृत प्रणाली, वित्त समावेशीकरण, सहुलियत ऋण, बीमा र कृषक कोष प्रादेशिक वा स्थानीय तहमा कृषि व्यवसाय इन्कुबेसन केन्द्र स्थापना जस्ता कार्यक्रमहरुका माध्यमबाट प्रवद्र्धन गर्नुपर्ने बताए ।

नेपालको पहाडी र पर्वतीय कृषि अनुभवले जलवायु अनुकुलन, अधिकतम उपयोग र समुदायमा आधारित दृष्टिकोणका क्षेत्रमा विश्व समुदायलाई महत्वपूर्ण सूचना उपलब्ध गराउनसक्ने जिकिर गरे । पारिवारिक खेती प्रणालीको दिगो विकास र साना किसानले अन्तर्राष्ट्रिय बजारमा समान पहुँच र लाभ पाउन सकुन् भन्ने उद्देश्यका लागि कृषि उपजका करमा विश्लेषण गरी लचकता अपनाउने र न्यायसंगत व्यापार अवसरको प्रवद्र्धन गर्ने पक्षमा सामुहिक वकालत गर्नुपर्ने बताए ।

मन्त्री अधिकारीले भने, ‘नेपालको पहाडी र पर्वतीय कृषि अनुभवले जलवायु अनुकुलन, अधिकतम उपयोग र समुदायमा आधारित दृष्टिकोणका क्षेत्रमा विश्व समुदायलाई महत्वपूर्ण सूचना उपलब्ध गराउन सक्दछ । जलवायु स्मार्ट कृषि प्रविधि र बीउबिजन, अनुसन्धानमा लगानी, कृषक उद्योग बजार, एकीकृत प्रणाली, वित्त समावेशीकरण, सहुलियत ऋण, बीमा र कृषक कोष प्रादेशिक वा स्थानीय तहमा कृषि व्यवसाय इन्कुबेसन केन्द्र स्थापना जस्ता कार्यक्रमहरुका माध्यमबाट हामीले पारिवारिक खेतीको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको मैले महशुस गरेको छु ।’

मन्त्री अधिकारीले पारिवारिक खेती प्रणालीलाई समावेशी, ग्रामिण रुपान्तरणको प्रमुख घटक र जलवायु परिवर्तनको चुनौतिबीच दिगो विकासको आधार स्तम्भको रुपमा विकास गर्नुपर्ने बताए ।