
काठमाडौं ।
अमेरिकी राष्ट्पति डोनाल्ड ट्रम्पले देशको राजधानी वासिङ्टन डीसीमा सार्वजनिक सुरक्षा आपतकाल घोषणा गर्दै नेशल गार्ड परिचालन गरेका छन् ।
उक्त घोषणासँगै ट्रम्पले राजधानीको प्रहरी विभाग (एम.पी.डी) लाई पनि केन्द्रीय नियन्त्रणमा लिएका हुन् ।
ट्रम्पले वासिङ्टन डीसीमा ८ सय नेसनल गार्ड सैनिकहरूलाई तैनाथ गरेको बीबीसीले जनाएको छ ।
यी सैनिकहरूले गत हप्ताको अन्त्यमा तैनाथ गरिएका सयौँ संघीय कानुन प्रवद्र्धन अधिकारीहरूलाई सहयोग गर्ने बताइएको छ । सहरमा आपराधिक कार्य गरिरहेकाे गिरोहहरूलाई सैनिकले नियन्त्रणमा लिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्