२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


दिल्लीमा बेवारिस कुकुरहरूलाई हटान भारतीय सर्वोच्च अदालतको आदेश


728
Shares

काठमाडौं ।

भारतको नयाँ दिल्लीमा कुकुरको टोकाइमा वृद्धिपछि सर्वोच्च अदालतले राजधानीका सडकका दशौँ हजार बेवारिसे कुकुर हटाउन आदेश दिएको छ ।

भारतमा पछिल्लो समय बेवारिसे कुकुरको टोकाइमा वृद्धि भएको र रेबिजको खतरा बढेको भन्दै सडकका रहेका कुकुरहरुलाई समातेर व्यवस्थापन गर्न अदालतले आदेश दिएको हो ।

अदालतले सडकमा बेबारिसे कुकुर नछाड्न र ८ हप्ताभित्र कुकुर आश्रय स्थापना गरी समातिएका कुकुरहरूको दैनिक रेकर्ड राख्न पनि आदेशमा दिएकाे छ । कुकुरहरूलाई हटाउन बाधा पु¥याउने पशु अधिकारकर्मीविरुद्ध कारबाही गर्ने चेतावनी पनि अदालतले दिएको छ ।

यसैगरि कुकुरको टोकाइबारे जानकारी दिन २४ घण्टे हेल्पलाइन स्थापना गर्न र अधिकारीहरूले रेबिज विरोधी खोपहरू उपलब्ध भएका ठाउँहरूको सार्वजनिकीकरण गर्नुपर्ने आदेश दिएकाे छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार विश्वव्यापी रेबिजबाट हुने मृत्युको एक तिहाइभन्दा बढी भारतमा हुने गरेको छ ।

भारतको पशुधन जनगणनाको पछिल्लो तथ्याङ्क अनुसार सन् २०१२मा दिल्लीको सडकमा कम्तीमा ६० हजार कुकुर बेवारिसे अवस्थामा रहेका छन् । संसद‍्मा पेश भएको तथ्याङ्क अनुसार सन् २०२४ मा दिल्लीमा कुकुरको टोकाइका ३७ लाखभन्दा बढी घटना भएकामा ५४ जनाको रेबिजका कारण मृत्यु भएको छ ।