काठमाडौं ।
बेनी–जोमसोम–कोरला सडकखण्ड आजबाट रातको समयमा बन्द हुने भएको छ ।
जिल्ला सुरक्षा समिति मुस्ताङको बैठकले साँझ ६ देखि बिहान ५ बजेसम्म मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकखण्ड रातको समयमा अर्को सूचना जारी नहुदाँसम्म बन्द गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषाल जानकरी दिएका छन् ।
रातको समयमा बाढीपहिरोका कारण जनधनको क्षतिको उच्च जोखिमलाई मध्यनजर गरी गण्डकी प्रदेशको लाइफलाइन मानिएको ७६ किलोमिटरको बेनी–जामसोम सडकखण्ड आजबाट रातिको समय बन्द गरिने जनाइएको छ ।
अब बेनीबाट जोमसोम जाने सवारीसाधनलाई साँझ धार्मिकस्थल गलेश्वर क्षेत्रमा र मुस्ताङबाट बेनी आउने सवारीसाधनलाई घाँसामा रोकिने छ । दुईतर्फबाट बिहान ५ बजेपछि मात्र सवारीसाधन छुट्ने छन् । सबैभन्दा जोखिमपूर्ण म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको थासाङ गाउँपालिकाको सिमा क्षेत्र घाँसा आसपासको क्षेत्रमा बर्खाको समयमा यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।




प्रतिक्रिया दिनुहोस्