२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै


91
Shares

काठमाडौं ।
आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ: नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकासु भन्ने नाराका साथ यो दिवस मनाउन लागिएकाे हाे ।

सन् १९९८ को अगष्ट ८ देखि १२ मा पोर्चुगलको लिसवनमा विश्वका १ सय ४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको विश्वस्तरीय सम्मेलनले युवाको पक्षमा ८८ बुँदे घोषणापत्र जारी गरेको थियो ।


सम्मेलनको सिफारिस अनुसार १७ डिसेम्बर १९९९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ५४ औँ साधारण सभाले अगष्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने घोषणा गरेको थियो । सन् २००० देखि हरेक वर्ष अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम हुँदै छन् ।