
कठमाडौं ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ ।
आज ४ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
साउन २० गते एमाले–कांग्रेसको गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका बानियाँले एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसद छन् ।
बाँनियालाई ५६ सांसदको समर्थन आवश्यक पर्छ । एमाले र नेपाली कांग्रेस दुबै दलले आफ्ना सांसदलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन् । यद्यपि, निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षका केही कांग्रेस सांसद भने असन्तुष्ट रहेकाछन् ।
लामाले आफ्नो समूहका तीन सांसदलाई मन्त्री बनाउनुपर्ने अडान कायमै राख्नु भएको छ । बागमतीमा माओवादी केन्द्रका २१, राप्रपाका १३ (सभामुख सहित), एकीकृत समाजवादीका ७, नेपाल मजदूर किसान पार्टीका३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन्।
प्रतिक्रिया दिनुहोस्