Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


कैलालीका विपिन जोशीको खोजीमा आमा र बहिनी आज इजरायल जाँदै


1.1k
Shares

काठमाडौं।

हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको खोजीमा आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज सोमबार इजरायल जाँदै छन् ।

फ्लाइ दुबईमार्फत बिहान ९ बजे उनीहरू इजरायल जान लागेका हुन्। विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन इजरायल सरकारले आमाछोरीलाई बोलाएको हो। नेपालस्थित इजरायली दूतावासले उनीहरूको यात्राका लागि टिकटको व्यवस्था गरेको छ।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसबाट ‘सिक्दै कमाउँदै’ (लर्न एन्ड अर्न) कार्यक्रम अन्तर्गत इजरायल गएका विपिनलाई २०८० असोज २० गते हमासले बन्धक बनाएको थियो। युद्ध सुरु भएपछि आईडीएफले विपिनलाई स्थानान्तरण गरिँदै गरेको भिडियो सार्वजनिक गरे पनि त्यसयता उनको अवस्थाबारे कुनै जानकारी आएको छैन।

इजरायल हमास युद्धमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशीले हमासले फालेको ‘ग्रिनेड’ फिर्ता फालेर साथीहरूलाई जोगाएको विवरण सार्वजनिक भएको थियो। विपिनको उद्धारका लागि परिवारले राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरूलाई पटक–पटक भेट गरिसकेका छन्। यद्यपि अहिलेसम्म सरकारी पहलबाट ठोस उपलब्धि भने देखिएको छैन।