Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


वरिष्ठ गायिका शाह र वरिष्ठ संगीतकार मोक्तानलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’


403
Shares

काठमाडौं । ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०८१’ बाट वरिष्ठ गायिका चन्द्रकला शाह तथा वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तालाई सम्मान गरिएको छ ।

शनिबार भक्तराज आचार्य संगीत प्रतिष्ठान तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरले आयोजित सांगीतिक समारोहमा प्रतिष्ठानका संरक्षक सुशीला आचार्य तथा सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनले जनही एक लाख रुपैयाँ राशिसहितको उक्त सम्मानले गायिका शाह तथा संगीतकार मोक्तालाई सम्मानित गरेका हुन् ।

समारोहमा प्रतिष्ठानले यो वर्षको सुशीला आचार्य सुस्वास्थ कामना सम्मान–२०८१’ दिवंगत कलाकार घनश्याम गौतमलाई ताम्रपत्रसहित सम्मानित गरेको छ । कलाकार गौतमकी धर्मपत्नी यूगज्योति क्रियाशिलले उक्त सम्मान ग्रहण गरिन् ।