
एजेन्सी । अमेरिका र इजरायल समर्थित गाजा मानवीय फाउन्डेसन (जि.एच.एफ) द्वारा सञ्चालित सहायता वितरण केन्द्रमा भएको दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
फाउन्डेसनले खान युनिस क्षेत्रमा रहेको आफ्नो सहायता वितरण केन्द्रमा अराजक भिडबिच भागदौड मच्चिंदा १९ जनाको मृत्यु भएको जनाएको छ ।
अर्का एक जनाको भने छुरा प्रहार गरि हत्या गरिएको बताइएको छ । फाउन्डेसन हमाससँग सम्बनध रहेको सशस्त्र व्यक्तिहरूले अशान्ति फैलाएको आरोप लगाएको छ । तर गाजाको हमासद्वारा सञ्चालित सरकारी मिडिया कार्यालयले यो दावीलाई अस्वीकार गरेको छ ।
खान युनिसको नासेर अस्पतालले अश्रुग्यासको छर्रा प्रहार र सहायता स्थलमा किचिंदा निसास्सिएर मृत्यु भएका २१ जनाको शव प्राप्त भएको बताएको छ । फाउन्डेसनले आफ्नो कुनै सहायता स्थलमा मृत्यु भएको पुष्टि गरेको यो पहिलो पटक हो ।
प्रतिक्रिया दिनुहोस्