
काठमाडौं । शेयर बजारमा बुधबार पनि उच्च अंकको वृद्धि जारी रह्यो ।
बजार परिसूचक नेप्से ३४ अंकले बढ्दै २७ सय ९४ को विन्दुमा पुगेको छ ।
बुधबार १ सय ९३ कम्पनीको शेयर मूल्य बढ्दा ५५ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ ।
व्यापार उपसमूह बाहेक १२ वटा उपसमूहको परिसूचक बढेका छन् । सबैभन्दा धेरै विकास बैंक उपसमूह ३ दशमलव ७१ अंकले बढेको छ भने लघुवित्त, म्युचलफण्ड, निर्जीबन बीमा, बैंकिक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन १ प्रतिशत माथिले बढेका छन् ।
दिनभरमा ३ सय ३० वटा स्टकको ४ करोड ३१ लाख ११ हजार कित्ता शेयर १४ अर्ब ३ करोड ४८ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । थ्री स्टार जलविद्युतका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत कमाउँदा माइखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सवैभन्दा धेरै ७ दशमलव ८७ प्रतिशत गुमाएका छन् ।
कारोबार रकमको आधारमा बुटबल पावर कम्पनीको सवैभन्दा बढी ६१ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्