
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताउनुभएको छ ।
बुधबार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले डेंगी परीक्षणको सकेसम्म निःशुल्क परीक्षण गर्न प्रयत्न गर्ने र नसके एउटा निश्चित शुल्क निर्धारण गर्ने बताउनुभयो । उहाँले गरिब र दुःखी मानिसलाई परीक्षणको नाममा झनै लुट्ने काम बन्द गर्न पनि चेतावनी दिनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले डेंगीबारे सरकारले गर्नुपर्ने जति काम गर्न नसकिरहेको पनि स्वीकार गर्नुभयो । डेंगीबाट समाज नै प्रभावित बनिरहेको बताउनुभयो । डेंगी समस्या भन्दा माथि गइसकेको बताउनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले सञ्चारमाध्यमसँग सहकार्य गरेर प्रचारप्रसारका लागि सरकार अघि बढ्ने तयारी गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्