
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालमा जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक ल्याएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलाबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री दाहालले हाल देशभित्रका नदी, ताल र तलाउहरूमा हाल करिब १२० भन्दा बढी मोटरबोटहरू मनोरञ्जन र यातायातको लागि सञ्चालनमा रहेका छन् । यी मोटरबोटहरुको नियमन आवश्यक रहेको मन्त्री दाहालले बताउनुभयो । उहाँले हजारौं नेपाली उच्च समुद्रमा पानीजहाजमा काम गरेर देशमा रेमिट्यान्स पठाइरहेका भएपनि परिचयपत्र तथा अभिलेख राख्ने व्यवस्था नहुँदा उनीहरूको पेशा नै संकटमा पर्न थालेकोले कानून अपरिहार्य भएको बताउनुभयो ।
राष्ट्रिय सभामा उत्पत्ति भएको पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयकले नेपाली भौगोलिक सीमाभित्र जल यातायातलाई व्यवस्थित गर्न मार्गचित्र तोक्ने, इजाजतपत्र वितरण गर्ने, बीमा व्यवस्था गर्ने र आवश्यक नियमन गर्ने मिलाउने मन्त्री दाहालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्