
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सरकारले संसदलाई अवमूल्यन गर्ने तथा संसदीय प्रणालीमाथि छेडखानी गरिरहेको आरोप लगाउनुभएको छ ।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले सरकारको व्यवहारले संविधान र व्यवस्थाप्रति जनतामा अरुची र संकट पैदा हुँदै गएको टिप्पणी गर्नुभयो । सरकार आफ्नो उद्देश्य पूरा गर्न सफल भएपनि राष्ट्र, जनता, सुशासन, संविधानको संशोधन र समृद्धिको कोणबाट हेर्दा पुर्णतः असफल भएको उहाँको भनाइ छ ।
सांसद सापकोटाले सरकारले तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याएको बजेट चलाएको उल्लेख गर्दै आर्थिक सुधारको संकेत देखिएपनि तत्कालीन सरकारलाई धन्यावाद दिनुपर्ने बताउनुभयो ।
सरकार भ्रष्टाचारमा अल्मलिएको कारण जनताप्रति उत्तरदायी हुन नसकेको सांसद सापकोटाले टिप्पणी छ ।
प्रतिक्रिया दिनुहोस्