
काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले देश झनै गरिबीको खाडलमा गइरहेको बताउनुभएको छ ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै सांसद शर्माले देशमा गरिबी झनै बढिरहेको, खाद्य संकट र बेरोजगारी पनि दिन प्रतिदिन बढिरहेको जिकिर गर्नुभयो । उहाँले पुँजीगत खर्च हुन नसकेको र आयात बढिरहेको बताउनुभयो । निर्यात दिनदिनै कम भइरहेको बताउनुभयो ।
सांसद शर्माले ऋणको भार थेग्न गाह्रो हुने स्थितिमा देश अघि बढिरहेको बताउनुभयो । कुनै महिना एक अर्ब राजश्व बढी उठ्दैमा त्यसलाई आत्मरतिको विषय बनाएर प्रचार गर्नसके पनि देश बन्न नसक्ने बताउनुभयो ।
सांसद शर्माले देश बनाउने कुरालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्