३० असार २०८२, सोमबार | Mon Jul 14 2025


प्रधानमन्त्रीलाई गगनको आग्रह – तपाईंको मन्त्रीलाई तत्काल बर्खास्ती गर्नुहोस्


3.016k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गर्नुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूले गल्ती गरेको होइन भन्ने आँट समेत मन्त्रीले नदेखाएको भन्दै तत्काल बर्खास्त गरेर अनुसन्धानको बाटो सहज बनाउनुपर्ने बताउनुभयो । बर्खास्त गरेर मात्रै नहुने भन्दै निष्पक्ष छानविन हुनुपर्ने र दोषीउपर कारबाही हुनुपर्ने बताउनुभयो ।

महामन्त्री थापाले कानून भन्दा माथि कोही पनि नहुने बताउनुभयो ।