३० असार २०८२, सोमबार | Mon Jul 14 2025


पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलत : गगन थापा


572
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले नेताहरुमाथि गरेको अनुशासनको कारबाही विधानसम्मत र समयसान्दर्भिक नरहेको बताउनुभएको छ ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफू त्यसबारेमा सभापति शेरबहादुर देउवासँग पनि कुरा गर्ने र पार्टीलाई वृहत एकतावद्ध बनाउन लाग्ने बताउनुभयो । उहाँले कांग्रेस अहिले चौतर्फी घेरामा रहेको भन्दै कोतपर्व जस्तै अनुशासन पर्व चलाइनु गलत भएको बताउनुभयो । उहाँले यो कारबाही समय, पार्टीको परम्परा, पार्टीको कानून, विधानका हिसावले पनि सही नभएको बताउनुभयो । यसले पार्टीलाई थप कमजोर पार्ने बताउनुभयो ।

महामन्त्री थापाले पार्टीका संगठन चलायमान बनाउनेमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।