२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अहिलेको संघीय संरचना भत्काउनुपर्छ : अध्यक्ष यादव


1.69k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले समानतामा आधारित प्रणाली नभएसम्म लोकतान्त्रिक गणतन्त्रको अर्थ नरहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष यादवले प्रदेशहरुको संरचना घुमाइ घुमाइ बनाइएको बनाइएको जिकिर गर्नुभयो । उहाँले ८ वटा जिल्ला मात्रै मधेस नभएको बताउनुभयो ।

अध्यक्ष यादवले बाँकी सबै ६ प्रदेशमा कम संख्या भएको समुदायको हाली मुहाली हुनेगरी बनाइएको बताउनुभयो । यो संरचनागत विभेल भएको जिकिर गर्नुभयो । उहाँले नेपालमा प्रदेशहरुको आकार पहिचान र सामथ्र्यका आधारमा हनुपर्ने बताउनुभयो । उहाँले लोकतन्त्रलाई समावेशी लोकतन्त्र नबनाएसम्म, लैंगिक असमानता र विभेद अन्त्य नगरेसम्म मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि प्राप्त नहुने बताउनुभयो ।

अध्यक्ष यादवले त्यसैले अहिलेको संघीयता संरचना भत्काउनुपर्ने बताउनुभयो । अहिलेको संरचनामा सबै भाषाहरुलाई समानताका साथ मान्यता नदिइएको, दलित र गैरदलितको भेदभावको अन्त्य गर्न नसक्ने भएकाले अहिलेको संरचना भत्काउन जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष यादवले समानताका आधारमा न्यायोचित वितरण नभएसम्म सामाजिक न्याय सम्भव नरहेको बताउनुभयो । उहाँले समानता र सामाजिक न्याय नभएको ठाउँमा लोकतन्त्रको अर्थ नरहने बताउनुभयो ।