२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राजनीतिक दलहरु बलियो हुँदा मात्रै राज्य बलियो हुन्छ : शक्ति बस्नेत


156
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेतले राजनीतिक दलहरु बलियो हुँदा मात्रै राज्य बलियो हुने बताउनुभएको छ ।

भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव बस्नेतले राजनीतिक दलहरु बलियो भएमात्रै राजनीतिक प्रणाली बलियो हुने जिकिर गर्नुभयो । उहाँले राजनीतिक दलहरुले आफ्ना सकारात्मक तरिकाले विषयवस्तु राख्न नसक्नुले पनि राजनीतिक दलहरुप्रति अनावश्यक प्रश्नहरु उठिरहेको बताउनुभयो ।

उपमहासचिव बस्नेतले अव्यवस्था चाहनेले जतिसुकै राजनीतिक दलहरुले राम्रो काम गरेपनि विरोध गरिरहने गरेको बताउनुभयो । त्यसलाई गलत सावित गर्ने दायित्व राजनीतिक दलको काम भएको बताउनुभयो । सामाजिक जीवनका बदलिएका परिस्थिति, आवश्यकता, सम्भावना, अवसर र चुनौतिलाई यथोचित ढंगले सम्बोधन गर्न आफू परिष्कृत र परिमार्जित हुनु जरुरी रहेको बताउनुभयो ।

उपमहासचिव बस्नेतले राजनीतिक दलहरुले आफूलाई सुधार गरेर जान जरुरी रहेको बताउनुभयो ।