२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आधुनिक लोकतन्त्रको विकल्प छैन : सभामुख घिमिरे


325
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले आधुनिक लोकतन्त्रको विकल्प नभएको दाबी गर्नुभएको छ ।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले अहिलेको लोकतन्त्रलाई अझ बलियो बनाउनका लागि सबै राजनीतिक दलहरुले आफ्नो ठाउँबाट महत्वपूर्ण भुमिका खेल्न जरुरी रहेको बताउनुभयो । उहाँले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन गर्नेकुरा मुलुकमा रहेका राजनीतिक दलहरुको नै भएकाले जनताको समस्यालाई सम्बोधन गर्ने र जनताको आवाजलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने काम राजनीतिक दलहरुको नै रहेको बताउनुभयो ।

सभामुख घिमिरेले राजनीतिक दलहरुले आफ्नो सिद्धान्त र सिद्धान्तमा आधारित कार्यक्रम कार्यान्वयन गर्न संसदमा प्रभावकारी भुमिका खेल्न जरुरी रहेको बताउनुभयो ।

सभामुख घिमिरेले राजनीतिक दलहरु जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । आजको आवश्यकता पूरा गर्ने नेतृत्व निर्माणमा राजनीतिक दलहरु जानुपर्ने बताउनुभयो । इमान, निष्ठा, समर्पण आज खड्किएको बताउनुभयो ।