२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सरकारले स्वार्थ समूहको प्रतिनिधित्व गर्छ कि जनताको बुझ्न सकिने अवस्था छैन : कल्याण श्रेष्ठ


1.872k
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक दलहरु कार्यान्वयन र आर्थिक सुशासनको जिम्मेवारीबाट भागेको आरोप लगाउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले निर्वाचन प्रणालीको व्यवस्थाका कारण मुलुकमा राजनीतिक अस्थिरता बढेको बताउनुभयो । उहाँले दलहरूले आफ्ना घोषणापत्रहरू जनताको लागि नभई सत्ता गठबन्धनका लागि मात्र बनाएको लेख्ने गरेको समेत टिप्पणी गर्नुभयो । उहाँले दलहरूले कहिले संविधान कार्यान्वयनको जिम्मा लिए ? भन्दै प्रश्न समेत गर्नुभयो । दलहरूबाट सक्षम नेतृत्व छनोट भएर राष्ट्रको नेतृत्व हुने अपेक्षा गरेको भएपनि निर्वाचनमा स्पष्ट बहुमत नआउँदा त्यस्तो हुन नसकेको उहाँको भनाइ छ ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सरकारले स्वार्थ समूहको प्रतिनिधित्व गर्छ कि जनताको त्यो बुझ्न सकिने अवस्था नरहेको टिप्पणी गर्नुभयो ।