
काठमाडौं । हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीहरु बिहीबार पनि आन्दोलनमा उत्रिएका छन् ।
बिहीबार काठमाडौंको माईतीघरमा व्यवसायीहरुले २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका हुन् ।
२ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट उपभोक्तालाई भार हो, सुन तथा सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज गर, सुनको भन्सार दर ६ प्रतिशत कायम गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्