Logo १४ कार्तिक २०८२, शुक्रबार | Sat Nov 1 2025


माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


455
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ ।

बिहीबार बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ ।

बैठकमा समसामयिक पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीले सञ्चालन गरेको जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुने माओवादीले जनाएको छ ।

बैठकमा रसुवालगायत मुलुकका विभिन्न भूभागमा आएको बाढीपहिरो र यसबाट भएको जनधनको क्षतिका साथै राहत र उद्धारमा पार्टीले खेल्नुपर्ने भूमिकाका साथै सरकारको ध्यानाकर्षण गराउने विषयमा छलफल हुनेछ ।