Logo १ कार्तिक २०८२, शनिबार | Sat Oct 18 2025


सहकारी बिगार्नेहरु सहकारीको हिमायती बनेर हिँडिरहेका छन् : मन्त्री अधिकारी


637
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई कमजोर बनाउने र आफ्नो फाइदा लिन चाहने शक्तिहरु क्रियाशिल रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले अहिले सहकारी बिग्रियो भन्ने भाष्य खडा गरेर देशव्यापी रुपमा सहकारीबारे भ्रम फैल्याएर सहकारीलाई कमजोर काम भइरहेको बताउनुभयो । सहकारीमा मनपरी गर्ने र सहकारी बिगार्नेहरु नै सहकारीको हिमायती बनेर प्रचारमा हिँडिरहेको जिकिर गर्नुभयो । यस्ता कुरामा सजग हुनुपर्ने र सहकारीलाई व्यवस्थित गर्न जरुरी रहेको बताउनुभयो ।

मन्त्री अधिकारीले केही समस्या आउँदैमा सबै सकियो भन्नेकुरा गलत रहेको बताउनुभयो ।