काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कुनैपनि राजनीतिक दलले राष्ट्रद्रोह र राज्यप्रति घृणा फैल्याउने विषयलाई क्षमा दिन नसकिने बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले मुनरो डक्ट्रिनको व्याख्या गर्नुभएको भन्दै यसबारेमा संसदलाई जानकारी गराउनुपर्ने बताउनुभयो । के प्रसंगमा मनरो डक्ट्रिनको व्याख्या नेपालको सन्दर्भलाई जोडेर गर्नुभएको हो रु त्यो कुराको व्याख्या माग गर्नुभयो ।
कांग्रेस प्रमुख सचेतक घिमिरेले नेपाल सार्वभौम सत्ता सम्पन्न मुलुक भएको जिकिर गर्नुभयो । सार्वभौम सत्ता सम्पन्न राष्ट्रको विषयमा सदनको सदस्यले यस्तो अभिव्यत्ति दिँदा सरकार किन बेखबर भन्दै प्रश्न गर्नुभयो । सरकारलाई सूचना भए राष्ट्रद्रोहको गम्भीर अपराधमा सरकार किन मौन बसेको भन्दै प्रश्न गर्नुभयो । यसबारेमा छानविन गर्न माग गर्नुभयो ।
कांग्रेस प्रमुख सचेतक घिमिरेले रास्वपाका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले र तत्कालीन महामन्त्री डा. मुकुल ढकालले भारतीय राजदुतसँगको भेटमा नेपाल पनि भारतकै स्वायत्तता रुपमा रहेको र गर्दै नेपालले भारतले भनेको मान्नुपर्ने कुरा गरेको राष्ट्रिय टेलिभिजनमै भनेकाले यसबारे पनि गम्भीर बन्न जरुरी रहेको बताउनुभयो ।
प्रमुख सचेतक घिमिरेले रास्वपाले वर्तमान संविधान परिवर्तन गर्न चाहन्छ वा हुबहु स्वीकार गर्छ रु यसको जवाफ चाहिने बताउनुभयो ।




प्रतिक्रिया दिनुहोस्