२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा अर्याल नियुक्त


4.303k
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन् ।

विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई नियुक्त गर्नुभएको हो ।

शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले अर्यालसंगै खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट अर्याललाई नियुक्त गरिएको हो ।

डा.अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् । १५ चैतमा प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त रहँदै आएको थियो ।

बरालले राजीनामा दिएपछि केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।