Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


विश्वका राम्रा विश्वविद्यालयहरुले नेपालमा शाखा खोल्नसक्ने वातावरण शिक्षा ऐनले बनाउनुपर्छ : सांसद चौधरी


663
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरीले विद्यार्थीलाई बाहिर अध्ययन गर्न पठाउनु भन्दा बाहिरका राम्रा विश्वविद्यालयहरुले नेपालमा आएर अध्ययन गराउने वतावरण बनाउन जरुरी रहेको बताउनुभएको छ ।

मंगलबार ललितपुरमा नेपाल उद्योग परिसंघको २२ औं वार्षिक साधारण सभामा बोल्दै सांसद चौधरीले सरकारले अहिले संसदबाट शिक्षा विधेयक पारित गर्न लागेको भन्दै विधेयकले यो वातावरण सिर्जना गर्नसक्ने स्थिति निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले उच्च शिक्षा लिन विद्यार्थी विदेश जाने गरेको भन्दै अबको विद्यालय शिक्षा विधेयकले नेपालमै आएर लगानी गरी आफ्ना इन्स्टिच्युसन खोल्ने वातावरण निर्माण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले अब बन्ने शिक्षा ऐनले बाहिरबाट नेपालमा उच्चस्तरका विश्वविद्यालयका शाखाहरु खोल्नसक्ने र ल्याउनसक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

सांसद चौधरीले नेपाली विद्यार्थी बाहिर पठाएर डेढ खर्ब रुपैयाँ खर्च गर्ने केही व्यक्तिहरुको दोकान पनि बन्द गर्नुपर्ने बताउनुभयो ।