
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद रेखा यादवले सरकारले सुशासन र आर्थिक सुधारको बाचा पूरा गर्न नसकेको आरोप लगाउनुभएको छ ।
सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद यादवले सरकारको बाचा व्यवहारमा लागू नहुनु निराशाजनक रहेको उल्लेख गर्दै कुलिङ अफ पिरियड विवाद र भिजिट भिसा काण्डजस्ता घटनाले मुलुक अराजकततर्फ उन्मुख भएको तर्क गर्नुभयो ।
सरकारका विवादित काम र निर्णयहरुले लोकतान्त्रिक प्रणालीमाथि जनविश्वास कम हुँदै गएको कारण सरकारलाई समर्थन दिईराख्ने अवस्था नरहेको पनि उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्