२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत


468
Shares

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरी रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा सुनेको शासनः भोगेको प्रशासनको लोकार्पण गर्दै प्रधानन्यायाधीश राउतले यस्तो बताउनुभएको हो ।

मुलुकमा कुनै काम गर्नलाई जताततै प्रतिकुलता, असहजता, विघ्नवाधा देखिने गरेको भन्दै प्रधानन्यायाधीश राउतले प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरी रहेको बताउनुभयो । उहाँले प्रबुद्ध वर्गहरुले नियतबारे सधैँ हेक्का राख्नुपर्ने बताउनुभयो । उहाँले अवसरहरु वरपर नै घुमिरहेको तर त्यसलाई चिन्न सक्नुपर्ने बताउनुभयो ।

प्रधानन्यायाधीश राउतले अवसर गुम्यो भने देश र जनताको बेहाल हुने जिकिर गर्नुभयो । त्यसैले आफ्नो वरपर रहेका अवसरहरुलाई सुक्ष्म दृष्टिले नियाल्न जरुरी रहेको बताउनुभयो । अब पनि अवसरहरु नियाल्न ढिलो गरे मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभयो । शासन र प्रशासन भन्ने दुई वटा शब्दबाट सुशासन बन्ने बताउनुभयो ।

प्रधानन्यायाधीश राउतले मोती बाहिरबाट चम्किने तर पुस्तक अन्तःस्करणबाट नै चम्किने जिकिर गर्नुभयो ।