
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक सम्पदा संरक्षणदेखि नेपाल एयरलाइन्स सुधारसम्मका विषयलाई प्राथमिकतामा आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले ऐतिहासिक र पुरातात्विक महत्वका मस्जिदहरूको मर्मत तथा संरक्षणका लागि समेत बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले सबै धर्मावलम्वीका प्रतिकहरूको संरक्षणमा उचित ध्यान दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले नेपाल एयरलाइन्सलाई प्रतिष्पर्धी र व्यवसायिक संस्था बनाउन व्यवस्थापनमा सुधार र विमान संख्या थप गर्ने कार्यमा प्राथमिकता दिइएको पनि बताउनुभयो ।
पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड, मन्त्रालय, निजी क्षेत्र, कुटनीतिक नियोग र नेपाली डायस्पोरा लगायतको सहकार्य र समन्वयमा काम गरिरहेको मन्त्री पाण्डेको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्