१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


गठबन्धनका धेरै विकल्प छैनन् : कांग्रेस


2.756k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले गठबन्धनबारे धेरै विकल्प अब नरहेको बताएको छ ।

केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताउनुभएको हो ।

प्रवक्ता महतले कसैको बहुमत नरहेकाले गठबन्धनको धेरै विकल्प नरहेको बताउनुभयो । सत्ता समीकरणमा विभिन्न खाले परीक्षण भइसकेको बताउँदै गठबन्धन भन्ने बित्तिकै सबैकुरा आफूले भनेको जस्तो नहुने बताउनुभयो । गठबन्धनका विषयमा प्रतिकुल विचार नआएको बताउनुभयो । संसदमा रहेका र पार्टीका नेताहरुमा अनुशासन नभएको कुरा केन्द्रिय समितिको बैठकमा आएको पनि बताउनुभयो ।

आफूलाई मनमा लागेको कुरा बोल्ने र व्यक्तिवादी प्रवृत्ति बढ्दै गएको बारेमा प्रश्न उठेको प्रवक्ता महतलेको भनाइ छ ।