
काठमाडौं । नेकपा (एमाले)की सांसद तथा पूर्व शिक्षामन्त्री विद्या भट्टराईले सरकार र संसदीय समितिलाई असक्षम बनाउने नियतले विद्यालय शिक्षा विधेयकमा सरोकारवालाहरुले चलखेल गरिरहेको बताउनुभएको छ ।
सोमबार सिंहदरबारमा बसेको शिक्षा समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग सांसद भट्टराईले सरकार समेत इन्ट्रेस्ट गु्रपको दबाबमा काम गरिरहेको आरोप लगाउनुभयो । विधेयकका सम्बन्धमा मस्यौदा अथवा प्रतिवेदनको पक्षमा उभिनुपर्ने सरकार इन्ट्रेस्ट गु्रपसँग छलफल गरिरहेको सांसद भट्टराईको आरोप छ । यसरी संसदको गरिमा र मार्यादा बाँकी नरहने उहाँको भनाइ छ ।
बैठकमा बोल्ने अधिकांश सांसदहरुले सरोकारवालाहरुको दबाबमा ऐन निर्माण गर्ने कुराप्रति आपत्ति जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्