१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


समिति सभापतिसँग सभामुखको छलफल : गणपूरक संख्यामा समस्या रहेको गुनासो


2.613k
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्नुभएको छ ।

बानेश्वरमा सोमबार दिउँसो सभामुख घिमिरेले प्रतिनिधि सभाअन्तर्गतका विषयगत समिति र राष्ट्रिय सभाअन्तर्गत रहेका समितिका सभापतिहरुसँग समिचिको काम कारबाहीबारे चासो राख्नुभएको हो । छलफलमा समिति सभापतिहरुले आफ्नो समितिसँग सम्बन्धित समस्याका बारेमा उजागर गर्नुभएको पूर्वाधार विकास समितिका सभापति दीपबहादुर सिंहले बताउनुभयो । समितिलाई कसरी अझै प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले ‘समितिको काम कारबाही र प्रभावकारीताको बारेमा छलफल भएको बताउनुभयो । उहाँले नीतिगत समस्या, दिइएका निर्देशनको कार्यान्वयनबारे छलफल पनि छलफल भएको जानकारी दिनुभयो । समितिको कामलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको बताउनुभयो । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा शिर्ष नेताहरु रहेको कारण गणपूरक संख्या नपुग्ने भएकाले बैठक बस्न समस्या रहेको र समितिको सभा हल सानो हुँदा समस्या भइरहेको बारेमा सभामुखलाई जानकारी गराएको बताउनुभयो ।

सभापति यादवले विज्ञ उपलब्ध गराइदिनेबारेमा सभामुखसँग कुरा राखेको बताउनुभयो । समस्याहरु सहज रुपमा अघि बढाउनेबारेमा सभामुख घिमिरेले पहल गर्ने प्रतिवद्धता जनाउनुभएको बताउनुभयो ।