१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


‘बजेटमा रहेका करसम्बन्धी केही प्रावधानहरु उद्योग, व्यवसाय र रोजगारीविरुद्ध छन्’


1.352k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले अगामी आर्थिक वर्षको बजेटमा रहेका करसम्बन्धी केही प्रावधानहरू उद्योग, व्यवसाय र रोजगारीमा प्रतिकूल असर पार्ने खालका रहेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै सांसद महतले वायर रडमा लाग्ने करलाई ५ प्रतिशतबाट १० प्रतिशत पु¥याइएकोप्रति आपत्ति जनाउँदै त्यसले उद्योग क्षेत्र कमजोर पार्ने र रोजगारी घटाउने खतरा टिप्पणी गर्नुभयो । सांसद महतले सुन विलासी वस्तु नभएको कारण सुनचाँदीका गरगहनामा लगाइएको विलासी कर समेत खारेज गर्न माग गर्नुभयो ।

सांसद महतले सुन आयातमा रहेको कोटा प्रणाली हटाउँदै सुन आयातलाई खुला बनाउनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले आयुर्वेदिक औषधिमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने प्रस्ताव समेत पुनःविचार गर्न जरुरी रहेको बताउनुभयो । कर नउठ्ने समस्या समाधान गर्न भ्याटको दायरा विस्तार गर्नुपर्ने भए पनि नस्वास्थ्यसँग जोडिएको क्षेत्रमा सावधानी अपनाउन आवश्यक रहेको सांसद महतको भनाइ छ ।

जलविद्युत आयोजनाजस्ता पूर्वाधार विकासका लागि आयात गरिने वस्तुमा मात्र १ प्रतिशत कर लगाइए पनि त्यसबाट पर्याप्त राजश्व उठ्न नसक्ने तर्फ पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।