१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


आगामी वर्ष एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तिर्ण गराउने उद्देश्य सरकारको छ : प्रधानमन्त्री ओली


507
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीको मेहनतको अपमान गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ प्रकाशित माध्यमिक शिक्षा परीक्षाको नतिजाप्रति केही विद्वानहरुले विद्यार्थीको अपमान हुनेगरी बोलेको भन्दै आपत्ति जनाउनुभएको हो ।

शनिबारको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एसईईको नतिजामा गत वर्षको भन्दा १४ प्रतिशतले वृद्धि भएको र यो सुखद् कार्य रहेको बताउनुभयो । यस्तो नतिजामा पनि केही मानिसहरुले अंक थपेर पास गराइयो भन्दै अपमान गरेको बताउनुभयो । नयाँ पुस्ताको मेहनतलाई होच्याउने र अपमान गर्ने काम भएको भन्दै दुःख लागेको बताउनुभयो । नेपाली विद्यार्थीमा मेहनत गरेर आफ्नो उचाई अघि बढाउनसक्ने खुबी रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आगामी वर्ष ६५ देखि ७० प्रतिशत विद्यार्थी उत्तिर्ण हुनेगरी सरकारले आफ्नो योजनाअनुसार अघि बढाउने बताउनुभयो । विद्यार्थी फेल नहुने परिस्थिति निर्माण गर्नुपर्ने बताउनुभयो ।