१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


प्रगतिशील कर प्रणालीबिना सामाजिक न्याय सम्भव छैन : सांसद बस्नेत


338
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले प्रगतिशील कर प्रणालीबिना नेपालजस्तो मुलुकमा सामाजिक न्याय सम्भव नभएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै सांसद बस्नेतले मुलुकमा रहेको असमान विकासको अवस्था कर प्रणालीको कमजोरीसँग गाँसिएको टिप्पणी गर्नुभयो । उहाँले प्राकृतिक व्यक्तिका लागि करयोग्य आय सात लाख र दम्पतीका हकमा आठ लाख र्पुयाउनुपर्ने प्रस्ताव गर्नुभयो । यस्तो व्यवस्थाले प्रगतिशील कर प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त उहाँको विश्वास छ ।

सांसद बस्नेतले पैठारीसम्बन्धी वस्तुको भन्सार दर बढाउनुपर्नेमा सरकारले निकासीजन्य वस्तुको भन्सार दर बढाएको समेत टिप्पणी गर्नुभयो ।