Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


पाँच लाख लुट्ने चार लुटेरा समातिए


0
Shares

महोत्तरी, असोज ३ । महोत्तरीमा व्यापारीलाई लुटपाट गर्ने चार लुटेरालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–८ का १७ वर्षीय कुमार लामा, महोत्तरीको गौशाला नगरपालिका–११ का १८ वर्षीय विवेक श्रेष्ठ, १६ वर्षीय सुरेश महतो तथा सोनमा गाउँपालिका–११ का ३० वर्षीय रामभरोसकुमार यादव रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

लुटेराले मनरासिस्वा नगरपालिका–२, इटहर्वाका व्यापारी विनोद चौधरीसँग रहेको रु पाँच लाख लुटेका थिए ।

घरबाट गौशाला जाँदै गरेका यादवलाई गौशाला नगरपालिका–८ स्थित मरहा खोलानजिक पेस्तोल देखाउँदै नगद लुटेर उनीहरु भागेका थिए ।

पर्सा प्रहरीचौकीले चारैजनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट बा२३प ४६०४ नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ । रासस